Wednesday, July 19, 2006

यो ब्लगको बारेमा

Title : About This Blog

(orginally posted by Simone Collins in English, translated into Nepali and reposted by Nirajan Rajkarnikar)

यो ब्लगको बारेमा

विगतका वर्षहरुमा हामीलाई धेरैले भनेका छन् कि उनीहरुलाई (RI Rotaract Committee) आर आई रोटर्याक्ट कमिटिमा को को छन् भनेर नै थाहा छैन किनभने कमिटिमा भएकाहरुले हामीसँग कुरा गर्ननै खोज्दैनन्। केही वर्ष यतादेखि रोटर्याक्टनेटमा आर् आई रोटर्याक्ट कमिटिका सदस्यहरु संलग्न भएतापनि उनीहरुसँगको वार्तालाप एकतर्फीमात्र हुने गरेको पाइएको छ - उनीहरुले आफूले त जानकारी माग्छन् तर आफूचाहिँ जानकारी दिँदैनन्।

तर अबदेखि यस्तो हुँदैन।

हामी सिमोन कोलिन्स (डिस्ट्रिक्ट ९४७० पश्चिमि अस्ट्रेलिया) र मार्कोस् कारोट (डिस्ट्रिक्ट ४९६० अर्जेन्टिना तथा उरुग्वे), दुई भूतपूर्व डि आर् आर् हौँ जो पहिलो पटक आर् आई रोटर्याक्ट कमिटिमा संलग्न भएका छौँ। आर् आई रोटर्याक्ट कमिटिमा रहेका अरु सबैजनाको यो दोस्रो वर्ष हो । हामी दुईलाई धेरैले रोटर्याक्टनेटका रेखदेखकर्ताका रुपमा चिन्नु भएको होला र हामी विश्वभरिका रोटर्याक्टहरु बीच सशक्त तथा सरल रुपमा संचार प्रवाह गराउन प्रति प्रतिबद्ध छौँ।

इतिहासमा नै पहिलोचोटि, हामीले सबै रोटर्याक्टरहरूलाई आर् आई कमिटिको बारेमा सकेसम्म बढी जानकारी दिने योजना बनाएका छौँ, जस्तै कि को कमिटिमा छ र कमिटिले के गर्दैछ। अझ महत्वपूर्ण कुरा त के हो भने यसले सबै रोटर्याक्टरहरुले आफ्नो कुराहरु आर् आई रोटर्याक्ट कमिटि समक्ष राखने अवसर दिन्छ। अनि रोटर्याक्टनेटको परम्परा रही आएको जस्तै हामी यो जानकारी एक भन्दा बढी भाषाहरुमा उपलब्ध गराउने छौँ। अंग्रेजी र स्प्यानिस् हाम्रा मूल भाषाहरु हुन्। यदि कसैले हामीलाई अरु भाषाहरुमा उल्था गरी सहयोग गर्न सक्नुहुन्छ भने हामीलाई जानकारी दिनुहोस्।

२००६/०७ को लागि शुभकामना!

0 Comments:

Post a Comment

<< Home