Wednesday, July 19, 2006

आर् आई रोटर्याक्ट कमिटिले के गर्छ त?

Title : What Does The Committee Do?

(orginally posted by Simone Collins in English, translated into Nepali and reposted by Nirajan Rajkarnikar)

आर् आई रोटर्याक्ट कमिटिले के गर्छ त?


(आर् आई) रोटरी ईन्टर्रनेस्नलद्वारा औपचारिक रुपमा आर् आई रोटर्याक्ट समिटिको लागि यी कार्यहरु दिएको छ :

आर् आईको विधानले आवश्यक भनि तोकेको यस कमिटिले आर् आई बोर्डलाई सम्पूर्ण रोटर्याक्ट कार्यक्रम सम्बन्धी निर्देशन तथा सुझाव दिनेछ। यो कमिटिले रोटर्याक्ट सम्बन्धी समस्याहरु, कार्यक्रमहरु र सुझावहरुको समीक्षा गर्नेछ। अध्यक्षको निर्देशनमा यो कमिटिले सल्ट लेक सिटी कन्भेन्सन्सँग सम्बन्धित रोटर्याक्ट प्रिकन्भेन्सन्को योजना तथा कार्यक्रम कन्टेन्ट बनाउने छ र यो सभाको सहभागिता बढाउने छ।

यसको मूल अर्थ के त?

कमिटिका मुख्य काम यस्ता देखिन्छन् :
- (Standard Rotaract Constitution)रोटर्याक्ट संविधान र रोटर्याक्ट कार्यक्रमको समीक्षा गर्ने र आर् आई बोर्ड अफ डिरेक्टर्सलाई गर्नुपर्ने फेरबदलको बारे जानकारी दिने।


- (Outstanding Projects)विशेष प्रोजेक्टहरु बाट विजेताको छनोट गर्ने।

- रोटर्याक्ट प्रिकन्भेन्सनको लागि वक्ताहरुको छनोट गर्ने तथा उनीहरुको लागि कार्यक्रम बनाउने। (तर आर् आईले विगतका धेरै सुझावहरुलाई कार्यान्वयन नगरेको देखिएको छ!)

यदि यस कमिटिको अरु कुनै कार्यको बारे हामीले थाहा पायौँ भने हामी जानकारी दिनेछौँ।

0 Comments:

Post a Comment

<< Home