Wednesday, July 19, 2006

आर् आई कमिटिको चयन कसरी हुन्छ त?

Title : How is the RI Rotaract Committee chosen?

(orginally posted by Simone Collins in English, translated into Nepali and reposted by Nirajan Rajkarnikar)

आर् आई कमिटिको चयन कसरी हुन्छ त?


धेरैले सजिलै सोध्छन् कि आर् आई कमिटिको सदस्यता कसरी पाउन सकिन्छ। तर यसको त्यति सजिलो उत्तर भने छैन किनभने यो एक प्रजातान्त्रिक प्रक्रिया होइन। छोटोमा भन्नु पर्दा आर् आई रोटर्याक्ट कमिटिको चयन आर् आईको अध्यक्षले इच्छा अनुरुप गर्छ।

हुन त यो ठीक होइन। एकदम थोरै रोटर्याक्टरहरुले मात्र यो कमिटिमा संलग्नहुने अवसर पाउँछन् र त्यसमाथिपनि हरेक वर्ष चयनहुने रोटर्याक्टहरुको संख्या बदलिरहन्छ। नियमानुसार ४ जना रोटरियनहरु २ वर्षको लागि, २ जना रोटरियनहरु १ वर्षको लागि र कमसेकम ३ जना रोटर्याक्टरहरु १ वर्षको लागि चयन गरिन्छ। फेरि संसारको सबै ठाउँबाट सदस्यहरु हुनै पर्ने भन्ने नियम नभएको कारण सबै भूभागको नेतृत्व नभएको पनि देखिन्छ। फेरी कोही त १ भन्दा बढी वर्षकोलागि पनि कमिटिमा रहेका हुन्छन् चाहे त्यो लगातार होस् वा केही वर्षको अन्तरालमा। यसो हुनाले धेरैजना सक्षम रोटर्याक्टरहरुले पनि कमिटिमा संलग्न हुने अवसर पाउँदैनन्। दुर्भाग्यवस् त्यसरी नै चयन हुँदैछ। रोटरी इन्टर्नेस्नलका सबै कार्यकारी कमिटिहरु आर् आई अध्यक्षले नै चयन गर्छ, त्यसरी नै हुँदै आइको छ र शायद यो प्रणाली त्यति चाँडै र त्यति सजिलै बदलिँदैन पनि होला। त्यसैले यदि तिमीलाई आर् आई अध्यक्षले चिन्दैन भने तिमीले आर् आई रोटर्याक्ट कमिटिमा चयन हुने आश नगरेपनि हुन्छ।

तर रोटर्याक्टरहरु आर् आई रोटर्याक्ट कमिटिमा चयन हुन रोटर्याक्टको बारेमा अत्याधिक जानकारी हुन अत्यावश्यक छ। अनि डि आर् आर् भएको हुनपर्ने पनि देखिन्छ। त्यसैले यदि तिमी डी आर् आर् भएका छैनौ भने तिम्रो कमिटिमा चयन कुने सम्भावना न्यून नै हुन्छ।

मैले केही रोटर्याक्ट कमिटिमा रहेका रोटरियनहरुसँग जुन २००५मा सिकागोमा भएको रोटर्याक्ट प्रिकन्भेन्सनमा कुरा गर्दा उनीहरुले आफूहरुलाई के कारणले चयन गरिएको हो भनी थाहा नभएको बताए! तर रोटर्याक्टरहरुकोलागि भने २ मुख्य तरिकाहरु रहेको दोखिन्छ :

१) आर् आई अध्यक्षलाई व्यक्तिगत् रुपमा भेट्नेग्लेन स्टेसले सन् २००४/०५मा यसरी नै रोटर्याक्टरहरुलाई आर् आई रोटर्याक्ट कमिटिका लागि छनोट गरेका थिए। उनले रोटर्याक्ट प्रिकन्भेन्सन्मा आफ्नो वक्तव्यमा के भन्नु भएको थियो भने उनले बिभिन्न देशहरु घुम्दा जो विशेष रोटर्याक्टरहरुलाई भेटे, उनीहरुलाई नै सम्झेर छनोट गरे! त्यसैले यदि आर् आई अध्यक्ष आफ्नो कार्यभार थाम्नु अघि तिम्रो शहरमा आएनन् भने आर् आई रोटर्याक्ट कमिटिमा तिम्रो छनोट हुन एकदम गाह्रो हुन्छ।

२) कोही एक वरिष्ठ रोटरियनद्वारा सिफारिसयो तरिका चाहिँ बढी उपयुक्त तथा प्रचलनमा छ। मार्कोस् र म पनि यसरी नै आर् आई रोटर्याक्ट कमिटिका सदस्य भएका हौँ। तिमीले डी आर् आर् का रुपमा कार्यकाल पूरा गरेपछि (वा कार्यावधि भित्रै) तिमीले व्यक्तिगत् रुपमा चिनेको कोही एकजना वरिष्ठ रोटरियनलाई तिम्रो नाममा (RI President Elect) आर् आई प्रेसिडेन्ट इलेक्टलाई तोकेर सिफारीस (Recommendation) लेख्न लगाऊ। वरिष्ठ भन्नाले कम से कम डि जि भए राम्रो, तर हालको अथवा विगतको आर् आई डिरेक्टर वा आर् आई अध्यक्ष भए झनै राम्रो हुन्छ। यसो किन हो भने त्यो रोटरियन जति वरिष्ठ भयो, उति नै आर् आई प्रेसिडेन्ट इलेक्टले उनलाई व्यक्तिगत् रुपमा चिन्ने सम्भावना बढी हुन्छ र उनको सिफारीसले बोर्डमा बढी महत्व पाउँछ। आर् आई रोटर्याक्ट कमिटिमै भएका रोटरियनहरुको सिफारीसले पनि केही महत्व पाउँछ। जे जसो भएपनि तिमीले त्यो रोटरियनलाई राम्ररी चिनेको हुनुपर्दछ र त्यो रोटरियनले पनि तिम्रो काम तथा तिम्रो उपलब्धिहरु बारे थाहा पाएको हुनुपर्दछ। किनभने उनले तिम्रो कामहरुको बारे थाहा नपाइकन तिम्रो आग्रहको आधारमा मात्र सिफारीस लेख्न सक्नुहुन्न। (के थाहा पाइ राख्न जरुरी छ भने सदस्यहरुको छनोट जनवरीमा हुने भएकोले रोटरी वर्षको पहिलो ६ महिनामा नै सिफारीस गराउनुपर्छ।)

आफ्नो चयनको सम्भावना कसरी बढाउने त?सर्वप्रथम त यो थाहा पाउनु पर्यो कि कमिटिमा एकदम थोरैमात्र रोटर्याक्टरहरुको छनोट हुन्छ त्यसैले को छानिन्छ भनेर किटेर भन्न सकिँदैन, चाहे त्यो रोटर्याक्टर रोटर्याक्ट भित्र जतिसुकै चिरपरिचित किन नहिस्। तर निम्नलिखित् कुरलहरुले सम्भावना वृद्धि गर्न सक्छ (तर पहिले तिनी डि आर् आर् भएको हुनुपर्छ।) :
- आफ्नो क्लब, डिस्ट्रिक्ट तथा अन्तर्राष्ट्रिय सतर सम्मपनि सक्रिय रुपले लाग्नुपर्दछ।

- रोटर्याक्टमा भित्री हृदयदेखि नै निरन्तर परिश्रमसाथ लाग्नुपर्छ। केवल नामको लागिमात्र सहभागिता जनाएर हुँदैन।

- रोटर्याक्टको बारेमा सकेसम्म बढी जानकारी लिनुपर्छ। आफूले भ्याएसम्म बढी क्लबहरुमा जाने र अरुले के कस्तो गर्छन् भनी उनीहरुबाट केही कुराहरु सिक्नुपर्छ। सकेसम्म बढी ट्रेनिङ्ग सेमिनार, रोटर्याक्ट प्रिकन्भेन्सन्, इन्टर्ओटा, कन्फरेन्स, एम् डि आइ ओ एसेम्बलीहरु तथा रोटर्याक्टनेटमा सहभागिता जनाउनुपर्छ। मल्टिडिस्ट्रिक्ट कन्फरेन्सहरुमा तिमीले अरु देशका रोटरियनहरुलाई पनि भेट्न सक्छौ।

- रोटरीका प्रोजेक्टहरु र कार्यक्रमहरुमा पनि सहभागी बन, विशेष गरी ती ट्रेनिङ्ग सेमिनारहरु जसमा रोटर्याक्टहरु पनि आमन्त्रित हुन्छन् (जस्तै PETS)। यसो गरे रोटरियनहरुले पनि तिमीलाई चिन्छन्।

0 Comments:

Post a Comment

<< Home