Wednesday, July 19, 2006

२००६/०७ का लागि कमिटिका लक्ष तथा योजनाहरु

Title : Committee Goals and Strategy for 2006/07

(orginally posted by Simone Collins in English, translated into Nepali and reposted by Nirajan Rajkarnikar)

२००६/०७ का लागि कमिटिका लक्ष तथा योजनाहरु

हामीले हाम्रो २००६/०७का आर् आई रोटर्याक्ट कमिटि प्रमुखबाट जुलाई ४ का दिन पहिलो सन्देश पायौँ जसमा उनले अबको वर्षको प्रमुख लक्षहरु लेख् नु भएको थियो जुन यस प्रकार छन् :

माल्मो प्रिकन्भेन्सनमा टिपिएका समस्याहरु

- रोटरी तथा रोटर्याक्टबीचको अपुग संचार

- रोटर्याक्ट क्लबहरुमा प्रोफेसनल् तथा लिडरसीप ट्रेनिङ्गको कमी

- डिस्ट्रिक्टको आर्थिक सहयोगको कमी : डि आर् आर् को सहभागिता अरु कुनै प्रिकन्भेन्सन् मिटिङ्ग

- डिस्ट्रिक्टले रोटर्याक्ट क्लबका अध्यक्षहरुलाई लिडरसीप ट्रेनिङ्ग दिन नसक्नु

- गणना: डिस्ट्रिक्ट तथा रोटर्याक्ट कलबहरुले समयमै जानकारी नपठाएकोले आर् आई सँग भएको जानकारी गलत भएको( म चाहिँ यो कुरासँग असहमत छु किनभने मैले के देखेको र सुनेको छु भने क्लबहरुले समयमा नै र कहिले त पटक पटक त्यही जानकारी पठाउँदापनि आर् आईले जानकारीलाई आफ्नो रेकर्डहरुमा संलग्न गर्दैन।)

- रोटर्याक्टरहरुलाई अझ सशक्त परिचय चाहिएको छ - मिसन स्टेटमेन्ट (जर्मनीको म्युनिकमा भएको इन्टरओटामा उठेको चार्टर)

- सुधारिएको संचार प्रणाली - समाचार प्रवाहको निमित्त एम् डी आई ओ को संचार प्रयोग गर्ने

- रोटर्याक्टलाई एक युवा कार्यक्रमको रुपमा नलिई एउटा नँया पिडीको कार्यक्रमको रुपमा लिनुपर्ने र यसलाई (Rotary Membership Resource) रोटरीको सदस्यता बढाउने श्रोतको रुपमा संचालन गर्नुपर्ने

- सन् १९६८ मा स्थापित : के रोटर्याक्ट कार्यक्रमको पुनर्माजन गर्ने बेला त भएको छैन?


निरन्तरता दिनुपर्ने कार्यक्रमहरु :

- आर् आई कन्भेन्सन् मा अंग्रेगीबाहेक अरु भाषामा उल्था गर्नुपर्ने : गतवर्ष मार्गारिता गास्कन् दे कातान् ले प्रिकन्भेन्सन मिटिङ्गमा स्प्यानिस् बोल्ने रोटर्याक्टरहरुको निम्ति स्प्यानिस् भाषामा पनि त्यहीँ मिटिङ्गमै विशेष व्यक्तिहरु सोही कामको लागि राखि उल्था गर्नुपर्ने भनि कुरा उठाउँदा जनरल सेक्रेटरी एड् फुटाले एकदम थोरैमात्र स्प्यानिस बोल्ने रोटर्याक्टरहरु सहभागी भएको कारण त्यसो गर्न उपयुक्त नभएको बताए। तर अहिले स्प्यानिसमात्र नभई अरु भाषा बोल्ने रोटर्याक्टरहरुको पनि प्रिकन्भेन्सनमा उल्लेखनिय सहभागिता रहने हुनाले अबदेखि सो मिटिङ्गमा अंग्रेजीमात्र प्रयोग नगरी सप्यानिस जस्ता अरु भाषाहरुको पनि प्रयोग गरिनुपर्छ।

- रोटरी तथा रोटर्याक्टबीचको सम्बन्धलाई अझ सुदृढ र राम्रो बनाई त्यसलाई निरन्तरता दिने।

- "समाजिक जिम्मेवारी निर्वाह गर्ने नाइकेहरुको उत्थान् गर्ने"

- रोटर्याक्ट अन्तर्राष्ट्रिय चार्टर : रोटर्याक्टरहरुलाई अझ सशक्त परिचयको आवश्यकता छ।

मेरो विचारमा "अशक्त परिचय" भन्ने कुरा केवल रोटर्याक्ट भनेको के हो भन्ने कुराको रोटरियन तथा रोटर्याक्टरहरुमा समझदारीको कमी भएको कारणले उठेको हो। रोटर्याक्ट एउटा व्यवसायिक विकासको कार्यक्रम हो जसले प्रोजेक्टहरु र तिनीहरुबाट पाइने व्यवहारिक शिक्षाको माध्यमबाट नाइकेहरुको उत्पादन गर्छ। हामी जुनियर रोटरी क्लब अथवा केवल सामाजिक सेवामा लाग्ने क्लब चाहिँ होइनौँ। यो समझदारीको कमी रोटरी तथा रोटर्याक्टहरुलाई रोटर्याक्टको बारेमा राम्ररी ज्ञान प्रदान गर्न नसकेको कारणले भएको हो।

मैले इन्टरओटामा राखिएको "चार्टर" पढेँ तर त्यसमा सही गरिँन किनभने त्यसमा रोटर्याक्टलाई अझ बढी समाजसेवी संस्थाको रुपमा चिनाउने कोशिस गरिएको थियो। एउटा "मिसन स्टेट्मेन्ट" पनि राखिएको थियो, जुन देख्दा मलाई अचम्म लाग्यो किनभने रोटर्याक्टको ५ लक्ष्यहरु पहिले नै रोटर्याक्ट संविधानमा निर्धारित गरिएका छन्। म रोटर्याक्ट के हो भन्ने कुराको शिक्षाको खाँचो देख्दछु किनभने जहाँसम्म मलाई लाग्छ, हाम्रो संविधान यसबारे अत्यन्त स्पष्ट छ। यदि हामीले रोटर्याक्ट ह्याण्डबुकमा उल्लेख भएझैँ कुशल नेतृत्व तथा सीप विकासमा केन्द्रित रहेर काम गर्यौँ भने जुन रोटर्याक्टको परिचयको बारे उठेको जिज्ञासा छ, त्यो स्वतः आफै समाधान भएर जान्छ।

तिमीलाई के लाग्छ? के तिमीलाई यी उठेका सबै कुराहरुको बारेमा मैले आर् आई रोटर्याक्ट कमिटिसमक्ष राखेको विचार थाहा पाउने इच्छा छ?

आर् आई रोटर्याक्ट कमिटिमा रहेका रोटर्याक्टरहरुले उठाएका अरु कुराहरु:

- "डिस्ट्रिक्ट रोटर्याक्ट रिप्रेजेन्टेटिव" लाई "डिस्ट्रिक्ट रोटर्याक्ट कोअर्डिनेटर" मा परिवर्तन गर्ने ता कि त्यो पदको नेतृत्व गर्नुपर्ने प्रकृति झल्कियोस्।

- रोटर्याक्ट संविधानमा विवाद/झैझगडाको टुङ्गो गर्ने केही प्रक्रिया थप गर्ने। अहिलेको नियमानुसार डिस्ट्रिक्ट तथा रोटरी क्लबहरुका व्यक्तिहरुले यसबारे बेवास्ता पनि गर्न मिल्छ, विशेष गरी आर्थिक तथा ट्रेनिङ्गको सहयोगबारे। आर् आईले अहिले केवल एउटा क्लब तथा डिस्ट्रिक्टलाई ईमेल पठाउँछ जसमा नियमहरु उल्लेख गरिएको हुन्छ। तर ती नियमहरुको कार्यान्वयण गराउने कुनै प्रक्रिया छैन।

- रोटरी भएका देशहरुमा रोटर्याक्टको विकास, तर ती रोटर्याक्ट क्लबहरु चार्टर नभएको।

- पी आर् (PR) : रोटर्याक्टरहरुले यो क्षेत्रलाई बेवास्ता गरेको। रोटर्याक्टरहरु अझै सक्रिय हुनुपर्ने देखिन्छ र यसको निम्ति रोटरियनहरुबाट तथा अरु आर् आईका श्रोतहरुबाट थप सहयोग लिन सकिन्छ।

मैले आर् आई रोटर्याक्ट कमिटिलाई पनि विश्व रोटर्याक्ट समाचार केन्द्र एम् डि आई ओ (Global Rotaract Information Center MDIO) लाई स्विकृति दिलाउनेबारे जानकारी दिइ सकेकी छु। आर् आईलाई पहिलो कागजपत्रहरु पठाइ सकिएको छ। यदि तिम्रो डिस्ट्रिक्ट पनि यसमा संलग्न हुन चाहन्छ भने मलाई खबर देऊ, म कागजपत्रहरु उपलब्ध गराईदिन्छु।

0 Comments:

Post a Comment

<< Home