Friday, October 20, 2006

कमिटीमा संलग्न हुने सिफारिसको अन्तिम मिति

Title : Deadline for Recommendations to join the Committee (orginally posted by Simone Collins in English, translated into Nepali and reposted by Nirajan Rajkarnikar)

ताजा खबर !

आर आई पि ई विल्फ विल्किन्सनले मलाई भन्नु भए अनुसार वहाँले आउँदो वर्ष २००७/०८ को आर आई कमिटी तथा कार्य समिटीको गठन यही सेप्टेम्बर भित्र गरिसक्नु पर्ने छ। यसो किन हो भन्दा यी कुराहरु आर आई बोर्ड समक्ष डिसेम्बरमा सहमतिकोलागि राख्नु पर्ने हुन्छ। यस्ता बोर्ड मिटिङमा राख्नु पर्ने कुराहरु महिनौँ पहिले नै तयार गरी बुझाउनु पर्ने हुन्छ।

मलाई अहिले सम्म थाहा भए अनुसार यो नै पहिलो पटक हो जुन बेला आर आई बोर्डले आर आई पि ई को छनोटलाई सहमति दिनु परेको छ। त्यसैले यदि तिमी अर्को वर्षको कमिटिमा बस्न इच्छुक छौ भने एक वरिष्ट रोटरियनलाई आफ्नो सिफारिस लेख्न लगाई हाल। अहिले नै!

0 Comments:

Post a Comment

<< Home